नवनिर्वाचित राष्ट्रपतिको दौडधूप, आज पुष्पलाल पार्क र भट्टराई आश्रम पुग्ने


काठमाडौं — राष्ट्रपतिमा निर्वाचित भएसँगै रामचन्द्र पौडेलको दौडधूप जारी रहेको छ ।

निर्वाचित भएको भोलिपल्ट हिजो (शुक्रबार) गुह्वेश्वरी, पशुपति, स्वयम्भू र सुन्दरीजल पुगेका पौडेल आज पुष्पलाल पार्क र कृष्णप्रसाद भट्टराई आश्रम पुग्ने भएका छन् ।

उनी शनिबार दिउँसो चम्पादेवीस्थित पुष्पलाल पार्क पुग्ने कार्यक्रम रहेको छ । दिउँसो साढे १ बजे पौडेल चम्पादेवी पुग्ने कार्यक्रम रहेको बताइएको छ।

त्यहीँबाट पौडेल साढे २ मा ललितपुरस्थित बाँडेगाउँमा रहेको कृष्णप्रसाद भट्टराई आश्रम पुग्ने कार्यक्रम रहेको सुरक्षा स्रोतले जनायो।

 

प्रतिक्रिया