
ललितपुर महानगरका शिक्षा अधिकृत घुससहित कार्यकक्षबाटै पक्राउ
काठमाडाैं – शिक्षक सरुवा गर्न घुस लिएको आरोपमा ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेल पक्राउ परेका छन्।
१ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेललाई पक्राउ गरेको जनाएको छ।
शिक्षा अधिकृत (सातौं तह) का पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
आयोगको टंगालबाट खटिएको टोलीले पौडेललाई रकमसहित आज (बिहीबार) कार्य कक्षबाटै नियन्त्रण लिएको जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।



कागजपत्र |
