बैंकका कर्मचारीको सुरक्षामा अलर्ट रहन गृहको निर्देशन


काठमाडौं — पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको सुरक्षामा चुनौती देखिँदै गएपछि गृहमन्त्रालयले बैंक कर्मचारीको सुरक्षाका लागि अलर्ट रहन निर्देशन दिएको छ ।

मन्त्रालयले ७७ वटै जिल्लाका सीडीओलाई बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षामा अलर्ट रहन निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि अवाञ्छित गतिविधि हुन थालेपछि निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जनाए ।

उनले भने, ‘सहकारी लघुवित्त, बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि अवाञ्छित क्रियाकलाप बढेपछि हामीले त्यस्तो क्रियाकलाप नियन्त्रण गर्न सिडिओ कार्यालयलाई भनेका छौं । साथै प्रहरी प्रधान कार्यालयमार्फत पनि परिपत्र गरिएको छ ।’

जाजरकोटमा लघुवित्त संस्थाका कर्मचारीलाई कालोमोसो दलेको, मोरङमा जीवन विकास लघुवित्तका कर्मचारी कुटिएका घटनासँगै बैंकिङ क्षेत्रका कर्मचारी त्रसित छन् ।

प्रतिक्रिया