नेपालको दोस्रो विकेटका रूपमा ज्ञानेन्द्र मल्ल ११ रनमा आउट


युएई – आईसीसी विश्वकप लिग –२ को आजको खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ ।

टस जितेर घरेलु टोली युएईविरुद्ध ब्याटिङ गरेको नेपालले पहिलो विकेटका रुपमा आशिफ शेखलाई गुमाएकोमा दोस्रो विकेटका रूपमा ज्ञानेन्द्र मल्ललाई गुमाएको छ । मल्लले ११ रन बनाउँदै एलबीडब्लुको धरापमा परे । नेपालका दुवै विकेट जुनैद सिद्दिकीले लिएका छन् ।

आशिफ ६ रन बनाएर आउट भएका थिए  । अहिले कप्तान रोहितकुमार पाैडेल र कुशल मल्लले ब्याटिङ गरिरहेका छन् । अहिलेको अवस्थामा नेपाल ९.२ ओभरमा ३८ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया