

नेपाललाई पहिलो झट्का

युएई – आईसीसी विश्वकप लिग –२ को आजको खेलमा नेपाललाई पहिलो झट्का लागेको छ ।
टस जितेर घरेलु टोली युएईविरुद्ध ब्याटिङ गरेको नेपालले पहिलो विकेटका रुपमा आशिफ शेखलाई गुमाएको छ ।
आशिफ ६ रन बनाएर आउट भए । अहिले ज्ञानेन्द्र मल्ल र कुशल मल्लले ब्याटिङ गरिरहेका छन् । अहिलेको अवस्थामा नेपाल ७ ओभरमा २३ रन बनाएर खेलिरहेको छ ।

