

फेवा डुंगा दुर्घटना अपडेट : डुंगा पल्टिएर बेपत्ता भएका ६ जनाकै उद्धार

काठमाडाैं – पोखरास्थित फेवातालमा डुंगा डुबेपछि बेपत्ता भएका ६ जनाको उद्धार गरिएको छ। दिउँसो करिब ४ बजेतिर आएको हावाहुरीले डुंगा बेपत्ता भएको थियो।
वडा प्रहरी कार्यालय बैदामका अनुसार ५ जना सकुशल फेला परेका छन् भने एक वृद्धालाई बेहोस अवस्थामा निकालिएको छ। पोखरा महानगरपालिका १ बगरको सपरिवार फेवा ताल घुम्न गएका बेला डुंगा पल्टिएको थियो ।
डुंगा पल्टिएपछि बेहोस भएकी ७० वर्षीया याममाया गिरीलाई उपचारका लागि प्रहरीले अस्पताल लगेको जनाएको छ।

