म्यानमारमा सडक दुर्घटना : ५ जनाको मृत्यु, ३० जना घाइते


याङ्गुन – म्यानमाको राजमार्गमा शनिबार यात्रुबाहक बस पल्टिँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएको उद्धारकर्ता संस्थाका एक अधिकारीले बताएका छन् ।

स्थानीय समयअनुसार बिहान करिब ५ः३० बजे याङ्गुन–मण्डले राजमार्गमा रहेको माइलपोस्ट १६७ नजिक बस चालकले नियन्त्रण गुमाउदा उक्त दुर्घटना भएको हो ।

‘पाँच जनाको घटनास्थलमै मृत्यु भयो । घाइतेमा कोही गम्भीर अवस्थामा छन् । उनीहरूलाई हाल स्वा अस्पतालमा पठाइएको छ । तीमध्ये गम्भीर रेहेका आकस्मिक अवस्थाका बिरामीलाई नेपी ताव अस्पतालमा सारिने अधिकारीले जनाएका छन् ।

घाइते हुनेमा एक बालकसमेत रहेको बताइएको छ । करिब ५८७ किलोमिटर लामो याङ्गुन-मण्डले राजमार्गले देशको व्यापारिक केन्द्र याङ्गुन र मण्डलेको दोस्रो ठूलो शहरलाई जोड्छ ।

प्रतिक्रिया