अराजक व्यवहारप्रत्ति बैंकर्स संघको ध्यानाकर्षण


काठमाडौं – नेपाल बैंकर्स संघले बैंक/वित्तीय तथा लघुवित्त संस्थाविरुद्ध आन्दोलन गर्नेप्रति आपत्ति जनाएको छ। नकारात्मक टिप्पणीले कर्मचारी हतोत्साही हुने गरेको संघले जनाएको छ। धम्कीपूर्ण अभिव्यक्ति र अराजक व्यवहारप्रत्ति बैंकर्सहरूले आपत्ति जनाएका हुन्।

नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा बिहीबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय केही व्यक्तिहरूले गरेको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

बैंक/वित्तीय तथा लघुवित्त संस्थाको ग्राहकसँग रही आएको सुमधुर सम्बन्धलाई एकाध नकारात्मक क्रियाकलापले बिथोल्न नसक्ने संघको धारणा छ।

‘कुनै पनि बैंक/वित्तीय तथा लघुवित्त संस्थाबाट ऋण लिए पछि नियमित रूपमा कर्जाको साँवा/किस्ता तिर्नु ऋणीको पहिलो दायित्व हुनेमा दुई मत छैन’ विज्ञप्तिमा भनिएको छ,‘ बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए पछि नतिर्ने भन्नु अराजक हुनु हो।’

प्रतिक्रिया