राष्ट्रपतिको कर्तव्य र जिम्मेवारी प्रष्ट हुनुपर्छ : माधव नेपाल


काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिले राष्ट्रिय हितको प्रवर्दन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित ८ दलीय गठबन्धनमा आवद्ध दलका सांसदहरुको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रष्टताको आवश्यकता रहेको बताए ।

उनले संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्ने कुरालाई केन्द्रविन्दुमा राखेर निर्वाचित राष्ट्रपति अघि बढ्नुपर्ने बताए । ‘राष्ट्रपतिका कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रष्टताको आवश्यकता छ । राष्ट्रिय हितको प्रवद्र्धन गर्ने कुरा, देशभक्तिको रक्षा गर्नेकुरा, राष्ट्रिय स्वाभिमानको रक्षा गर्नेकुरा, राष्ट्रिय हीतको प्रवर्द्धन गर्ने कुरालाई केन्द्रबिन्दुमा राख्नुपर्छ’ उनले भने, ‘संविधानको रक्षा गर्ने, संविधानको संरक्षण गर्नेकुरालाई केन्द्रबिन्दुमा राख्नुपर्छ ।’

प्रतिक्रिया