

ड्युटीका क्रममा बेहोस भएका प्रहरी सहायक हवल्दार चौधरीको मृत्यु

बैतडी – बैतडीको मेलौली नगरपालिका-२ सलेना प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।
कैलाली घर भएका ३२ वर्षीय प्रहरी सहायक हवल्दार नविन चौधरीको ड्युटीका क्रममा एक्कासि बेहोस भएर निधन भएको हो।
‘बुधबार दिउँसो ड्युटीका क्रममा एक्कासि बेहोस भए, उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा डाक्टरले मृत घोषणा गरे,’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले भने।

