


स्ववियु निर्वाचनका लागि नेविसंघ कोइरालाले पक्षले खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)

काठमाडौं — नेपाल विद्यार्थी संघ (नेविसंघ) को शेखर कोइराला पक्षले स्ववियु निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको कोइराला पक्षले स्ववियु निर्वाचनको तयारी र संगठन जिताउन भन्दै उपत्यकामा रहेका त्रिविका ३५ आंगिक क्याम्पसहरूमा केन्द्रीय प्रतिनिधि खटाएको हो ।
नेविसंघका नेता भुवन भट्टले प्रचारप्रसारलाई व्यापक बनाउन प्रतिनिधि खटाइएको बताए ।
‘त्रिविको स्ववियु निर्वाचन कार्यतालिकाअनुरूप स्ववियु निर्वाचनका लागि फागुन १९ गते संगठन दर्ताको समय नजिक आइसकेकाले हाम्रो तयारीलाई व्यापक रूपमा अगाडि बढाउँदै नेविसंघलाई विजय गराउन तयारी गर्नका लागि क्याम्पसहरूमा नेविसंघका तर्फबाट प्रतिनिधि खटाएका हौँ,’ भट्टले भने ।
नेविसंघमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै विवाद छ । विवादकैबीच सभापति दुजाङ शेर्पाले विद्रोह गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । तर, समानान्तर गतिविधि भने रोकिएको छैन ।

