


नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो अल्बर्टो एनीस नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज (बुधबार) भिन्सेन्जोलाई राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
यस अघिका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत भदौमा राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन रहेको थियो ।

