गेलेण्डर मेसिनले खुट्टा काटिँदा एक जनाको मृत्यु


रुकुम (पूर्व) – पुथाउत्तर गंगा गाउँपालिका-१२ कोल बस्ने ५० वर्षीय कर्मधन पुनको आफ्नै फर्निचर उद्योगमा गेलेण्डर मेसिनले काठ काट्ने क्रममा आफ्नै खुट्टाको साँप्रा काटिँदा मंगलबार साँझ मृत्यु भएको छ ।

गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया