

सन्दीपसँग सम्बन्धित मुद्दाको सुनुवाई बन्द इजलासमा

काठमाडौं – सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको बन्द इजलासमा भइरहेको छ । सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सरकारले दिएको निवेदन र सन्दीपले विदेश जाने अनुमति माग्दै दिएको निवेदनको सुनुवाइ न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा गरिरहेको हो ।
इजलासले सुरुमा नै उक्त रिट निवेदन बन्द इजलासमा गर्ने आदेश दिएको र सोहीअनुसार बन्द इजलासमा सुनुवाइ भइरहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
बलात्कार तथा लैंगिक हिंसालगायत मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्न सकिने कानुनी व्यवस्था छ । बन्द इजलासमा दुवै पक्षका वकिलको मात्रै उपस्थिति रहेको छ ।

