
जनकपुरबाट कटुवा पेस्तोल र गोलीसहित एक जना पक्राउ
धनुषा – जनकपुर उपमहानगरपालिका-१७ तेतरिया बजारबाट कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने १ राउण्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हंसपुर नगरपालिका-४ बस्ने २२ वर्षीय भरोस पासवानलाई अवैध हातहतियारसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कपिलेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



कागजपत्र |
