सशस्त्र प्रहरीद्वारा ६ लाख बराबरको अवैध सामान बरामद


विराटनगर – सशस्त्र प्रहरीले ३ दिनको अवधिमा प्रदेश १ का विभिन्न स्थानबाट ६ लाख मूल्य बराबरका अवैध सामान बरामद गरेको छ। तस्करीको सामान ओसारपसारमा प्रयोग गरिएको अटो टेम्पोका चालक पनि पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीको निर्देशनमा खटिएको टोलीले भारतबाट तस्करी गरेर नेपालतर्फ ल्याइएका किराना सामान, सूर्ति, साइकल, ड्रम, माछा, कपडा, चिनी, हरियो मटर, मोटरपार्टस् लगायतका सामान बरामद गरेको हो।

मोरङको रंगेली नगरपालिका-५ आँपगाछीबाट सशस्त्रका सहायक निरीक्षक कुमार लम्साल नेतृत्वको टोलीले मंगलबार ७० किलो मुङ्ग्री माछा बरामद गरेको छ। भारतबाट ल्याइएको २१ हजार मूल्य बराबरको माछा पशु चिकित्सक, क्वारेन्टाइनका प्रतिनिधि, सुरक्षाकर्मीलगायतको रहोबारमा नष्ट गरिएको सशस्त्रले जनाएको छ।

प्रतिक्रिया