
देशभर थप १४२ मा कोरोना संक्रमण, २०६ जना कोरोनामुक्त
काठमाडाैं – नेपालमा पछिल्लो २४ घन्टामा थप १४२ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ ।
त्यस्तै कोभिडका कारण गत एक दिनमा थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ । हालसम्म दुई हजार ३१ जनाले ज्यान गुमाइसकेका छन् ।
त्यस्तै पछिल्लो २४ घन्टामा २०६ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६७ हजार ६५ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा हालसम्म २० लाख ८१ हजार ६९५ स्वाबको परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार हाल २ हजार ३३५ जना आइसोलेसनमा रहेका छन् त्यस्तै, ९५ जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालमा अहिलेसम्म १ लाख ३५ हजार १३ जनाले कोरोनाविरूद्धको खोप लगाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



कागजपत्र |
