भारतबाट ल्याउँदै गरेको अवैध समान बरामद


झापा – जिल्ला प्रहरी कार्यालय झापाले भारतबाट नेपाल ल्याउँदै गरेको अवैध सामान बरामद गरेको छ ।

आइतबार भारतबाट नेपाल ल्याउँदै गरेको जुत्ताचप्पल, ५ कार्टुन चकलेट र कस्मेटिक सामानहरू बरामद गरिएको झापा प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले आवश्यक कारबाहीका लागि उक्त सामान भन्सार कार्यालयमा बुझाएको बताए।

प्रतिक्रिया