प्रचण्ड कांग्रेससँग घाँटी जोड्न जान सक्ने अवस्था छैन : पृथ्वीसुब्बा गुरुङ


वीरगञ्ज – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वर्तमान सत्ता गठबन्धन छोडेर कांग्रेससँग घाँटी जोड्न जानसक्ने अवस्थामा नरहेको बताएका छन् ।

प्रेस चौतारी नेपालले आज (आइतबार) वीरगञ्जमा आयोजना गरेको संगठन सुदृढीकरण कार्याशाला गोष्ठीको उद्घाटनपछि उनले वर्तमान सत्ता गठबन्धन आउँदो चुनावसम्मै रहने दाबी गरे । ‘अहिलेको सत्ता गठबन्धन कायमै रहन्छ । राष्ट्रपति पनि एमालेकै हुन्छ,’ एमालेका प्रवक्ता समेत रहेका उपमहासचिव गुरुङले भने, ‘प्रधानमन्त्री प्रचण्ड अहिलेको गठबन्धन छोडेर कांग्रेससँग घाँटी जोड्न जानसक्ने अवस्थामा हुनुहुन्न ।’

उनले राष्ट्रपतिका विषयमा कांग्रेसले थापेको ढोक्सामा माछा नपर्ने पनि बताएका छन् । फागुन २५ मा एमालेकै उम्मेदवार राष्ट्रपति बन्ने उनको भनाइ छ ।

प्रतिक्रिया