डा. पौडेल अनियमितता प्रकरणः अख्तियारले माग्यो छानबिन प्रतिवेदन र थप कागजात


काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरका पूर्व निर्देशक डा. सन्तोष पौडेलले अनियमितता गरेको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ ।

पूर्व निर्देशक डा. पौडेलले एमएस अर्थोपेडिक अध्ययन गर्ने क्रममा तत्कालिन उपकुलपतिसँग मिलि सेवा अवधि नपुगिकनै अध्ययन गरेको र ट्रमा सेन्टरको निर्देशक रहँदा कर्मचारी नियुक्तिमा आर्थिक लेनदेन गरी नियुक्ति गरेको, सि आर्म खरिद, डेक्सा मेसिन, एच डी माइक्रोस्कोप, एम्बुलेन्स तथा क्यान्टिन टेण्डर गर्दा करोडौँ रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले चासो देखाएको हो ।

अख्तियारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको नाममा एक पत्र लेख्दै छानबिन प्रतिवेदन उपलब्ध गराउनका लागि अनुरोध गरेको हो ।

अख्तियारले ट्रमा सेन्टरले यसअघि पठाएका कागजात अपुग भएको भन्दै १० दिनभित्र सम्बन्धित कागजातको माग गरेको छ ।

अख्तियारले इटाइट भन्ने संस्थाको सञ्चालकको फोन नम्बरसहितको विवरण, त्यस संस्थाबाट तालिमप्राप्त चिकित्सक तथा नसिंङकर्मचारीका साथै संस्था सञ्चालनको मापदण्डसम्बन्धी विवरण माग गरेको छ । साथै अख्तियारले विभिन्न उपकरणहरु खरिदसँग सम्बन्धित कागजातसमेत माग गरेको छ ।

उनीविरुद्ध पुस २४ गते पुनः प्रधानमन्त्री कार्यालय, अख्तियार, सतर्कता केन्द्र, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य मन्त्री, स्वास्थ्य राज्यमन्त्री र सम्पत्ति सुद्धिकरण विभागमा छानविन तथा कारबाहीको लागि उजुरी परेको थियो ।

साथै उक्त प्रकरणमा राष्ट्रिय सर्तकता केन्द्रले पनि उजुरीमा उठेका बिषय अनियमितता देखियको भन्दै तत्कालीन निर्देशक डा. पौडेललाई कारवाहि गर्न सिफारिस गरेको छ ।

No description available.

प्रतिक्रिया