

भिकिङ २२२ मोडलका बस हस्तान्तरण, द्रुत गतिको आरामदायी यात्रा गर्न सकिने दाबी

काठमाडौं – आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेलैण्डले भिकिङ २२२ मोडलका बसहरू ग्राहकलाई हस्तान्तरण गरेको छ।
कम्पनीका अनुसार हस्तान्तरण गरिएका सम्पूर्ण गाडीका मोडलहरू २०२१ का रहेका छन्। यी मोडलका बस १०० वटा भन्दा पनि बढी बाटोमा गुडिरहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार २०२१ मोडलका बसहरू यस वर्ष पहिलो पटक नेपालमा गुड्ने छन्।
भिकिङ २२२ रुट बसमा चल्ने बसमध्ये सबैभन्दा रुचाएको कम्पनीले दाबी गरेको छ। यसमा इनलाईन फ्युल पम्प हुनुका साथै एच सिरिज इन्जिन रहेको छ। जसले गर्दा इन्धन कम खपत हुनुका साथै सबैभन्दा कम मर्मत खर्च लाग्ने कम्पनीले जनाएको छ।
यसमा ओभर ड्राइभ गियर बक्सले काम गर्ने भएको हुँदा १८० एच पी इन्जिनको साथमा द्रुत गतिको आरामदायी यात्रा गर्न सकिने बताइएको छ। रियर एयल सस्पेन्शन, डारिरेक्ट ड्राइभ, इनलाईन फ्युल पम्प साथै धेरै माइलेजले गर्दा यो गाडी अरु गाडी भन्दा फरक र विश्वासिलो रहेको सेल्स हेड सुशिल सुबेदीले दाबी गरे।
नेपालमा हरेक लामो दूरी रुटमा भिकिङ गाडीहरू चल्दै आएका छन्। अत्याधिक माग अनुसार कम्पनीले ग्राहकलाई विशेष सर्भिस पनि दिँदै आएका जनाएको छ। १३ ओटा सर्भिस नेटवर्कबाट सर्भिस लिन सकिने हुँदा कुनै पनि ठाउँमा गाडी बिग्रिएमा सजिलै पार्टस् र सर्भिस पाउन सकिने कम्पनीले जनाएको छ।

