अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय लिन्नँ : प्रधानमन्त्री


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने बताएका छन् ।

आज(मंगलबार) पार्टीको स्थायी कमिटी बैठकमा उनले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने जानकारी गराएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा उनले लिन प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएपछि गृहमन्त्री लगाएत सवै पदमुक्त भएका थिए ।

सभापति लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुन कायम गरेसँगै रास्वपाको सभापति नियुक्त भएका छन् । उनले आफुलाई पुन गृहमन्त्रीमा नियुक्त गर्नुपर्ने अडान राख्दै प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै आएका छन् सभापति लामिछानेले नागरिकता पुन कायम भएसंगै आइतबार बालुवाटार पुगेर प्रधानमन्त्रीसँग गृह मन्त्रालयबारे छलफल गरेका थिए । त्यस्तै उनले आज पनि प्रधानमन्त्री सँग गृहमन्त्रालय रास्वपालाई दिन आग्रह गरेका थिए ।

भेटमा प्रधानमन्त्री प्रचण्डले रवि लामिछानेलाई मात्र नभई रास्वपालाई नै गृह मन्त्रालय दिन नसक्ने बताएका थिए । सभापति लामिछानेले गृह मन्त्रालय रास्वपाले नपाए सरकारबाट बाहिरिने चेतावनि दिएका छन् । उनले आज सझसम्म प्रधानमन्त्रीको निर्णय पर्खने बताएका छन् ।गत आइतबार नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि रविले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान राखिरहेका छन् । तर प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफैंसँग राखिरहेका छन् ।

प्रतिक्रिया