क्यानका ७ सदस्यले लिखित रुपमै मागे अध्यक्ष चन्दको राजीनामा


पोखरा – नेपाल क्रिकेट संघ (क्यान)का ७ जना केन्द्रीय सदस्यले लिखित रुपमै अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा मागेका छन् ।

आज (मंगलबार) पोखरामा सुरु भएको कार्यसमितिको बैठकको सुरुमै ७ जनाको तर्फबाट ऋषिराम गौतमले राजीनामाको माग गर्दै अध्यक्ष चन्दलाई लिखित पत्र नै बुझाएका हुन् ।

नेपाल टी–२० लिग स्पट फिक्सिङमा मुछिएपछि उनीहरुले अध्यक्षको राजीानामा माग गरेका थिए । कार्यसमिति बैठकमा पनि उनीहरुले लिखित रुपमा राजीनामा मागेका हुन् ।

अध्यक्ष चन्दको राजीनामा माग्नेमा केन्द्रीय सदस्य गौतमसँगै दाउद अन्सारी, करण महतरा क्षेत्री, संजयराज सिंह, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी हुन् ।

आजको बैठकमा सन्पि लामिछानेलाई लागाइएको प्रतिबन्ध फुकुवा लगायत १६ एजेण्डामा छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया