एमालेकै उम्मेदवार नयाँ राष्ट्रपति निर्वाचित हुन्छन् : प्रदीप ज्ञवाली


पाल्पा – नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नेकपा एमालेका उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दावी गरेका छन् ।

आज (शनिबार) प्रेस चौतारी पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धनको तर्फबाट एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने र त्यसमा राष्ट्रिय सहमति कायम गर्न कांग्रेस पनि सहभागी हुन सक्ने धारणा राखे ।

राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसलाई पनि कन्भिन्स गर्न सक्ने बताएका छन् । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर धमिलो खोलामा माछा मार्न खोजेको बताउँदै पद साट्न र सत्ता मोहको पछि लाग्दा काँग्रेस असल प्रतिपक्ष समेत बन्न नसकेको आरोप उनले लगाए ।

प्रतिक्रिया