

माओवादी र एमालले मन्त्रीको नाम टुंगाे लगाएसँगै कर्णाली सरकारले पायाे पुर्णता

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री राजकुमार शर्माले आज मन्त्रीपरिषद विस्तार गरेको छ । माओवादी र एमालले मन्त्रीको नाम टुंगो लगाएसँगै कर्णली सरकारले पुर्णता पाएको हो । नेकपा माओवादी केन्द्रबाट कृष्णबहादुर जिसी र भीमप्रकाश शर्मा मन्त्रीका लागि सिफारिस भएका छन्। बुधबार पार्टीले सुर्खेतका जिसी र सल्यानका शर्माको नाम मन्त्रीका लागि सिफारिस गरेको हो ।
जिसी सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (२) बाट र शर्मा सल्यान प्रदेश सभा (१)बाट निर्वाचित भएका थिए। मुगुका मंगल शाहीलाई भौतिक पूर्वाधार उर्जा तथा जलस्रोत मन्त्रालय जिम्मेवारी दिइएको छ ।
त्यस्तै नेकपा एमालले दैलेखका विनोदकुमार शाह आर्थिक मामिला तथा योजना मन्त्रालय, जुम्लाका टेकराज पछाई सामाजिक विकास मन्त्रालय , जीतबहादुर मल्ललाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
२७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका शर्माले २८ पुसमा एमालेका शाह र माओवादीका मंगलबहादुर शाहीलाई विना विभागीय मन्त्री बनाएका थिए ।
नवनियुक्त मन्त्रीहरुले आजै (बुधबार) साँझ ६ बजे पद तथा गोपणियताको शपथ ग्रअण गर्ने प्रदेशसभा सचिवालयले जनाइएको छ ।

