एमालेसँगको सबै आवद्धता त्यागिन् कर्णाली प्रदेश सभामुख नन्दा गुरुङले


काठमाडौं – कर्णाली प्रदेशसभाकी सभामुख नन्दा गुरुङले नेकपा एमालेसँगको सबै आवद्धता त्यागेको घोषणा गरेकी छन् ।

बुधबार विज्ञप्ति जारी गरेर उनले साझा भूमिकामा रहनुपर्ने सभामुखमा निर्वाचित भएकाले एमालेको सम्पूर्ण जिम्मेवारी र आवद्धताबाट अलग भएको घोषणा गरेकी हुन् ।

साथै सभामुख पदको जिम्मेवारी वहन गर्दा स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता जनाएकी छन् ।

प्रतिक्रिया