

थप २ जनामा कोरोना संक्रमण, ६ संक्रमित निको

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयले गरेको ३५७ नमूना परीक्षणमा २ जनाका कोरोना पोजेटिभ देखिएको हो । यस अवधिका ६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा २१ जना कोरोनाका संक्रिय संक्रमित छन् भन १२ हजार १९ जनाले कारोनाका कारण ज्यान गुमाएका छन् ।

