

गण्डकी मुख्यमन्त्रीमा एमालेका अधिकारी नियुक्त

पोखरा– गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ३३ सांसदको समर्थन प्राप्त नेकपा एमाले संसदीय दलका नेता अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
एमाले संगठन विभाग प्रमुख समेत रहेका नेता अधिकारीलाई माओवादी केन्द्र,राप्रपा र नेकपा एसमा प्रवेश गरेका स्वतन्त्र सांसद दिपक मनाङेले समेत समर्थन जनाएका छन् ।
अधिकारीलाई एमालेका २२,माओवादीका ८,राप्रपाका २ र एक स्वतन्त्र सांसदको समर्थन रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

