

प्रेस युनियन केन्द्रीय सचिवालयले ५ महिनापछि पायो पूर्णता

काठमाडौं — नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालयले पूर्णता पाएको छ । युनियनका अध्यक्ष शिव लम्सालले विधानको व्यवस्थाअनुसार नौ सदस्यीय सचिवालय गठन गरेका हुन् ।
सचिवालयमा अध्यक्ष लम्सालसहित वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्षहरु नकुल अर्याल, भीष्मराज ओझा, सलोजा दाहाल, डा।मुरारी अधिकारी, महासचिव दिलिप पौडेल, उपमहासचिव सुलोचना गौतम र कोषाध्यक्ष माधव धिताल रहेका छन् ।
युनियनको विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष अनिवार्य हुनेगरी ९ सदस्यीय सचिवालय रहने प्रावधान रहेको छ ।
युनियनको नवौ महाधिवेशन गत साउनमा हेटौंडामा सम्पन्न भएको थियो ।

