प्रतिनिधिसभामा एमालेको बढ्यो एक सिट, ओली निवासमै गरियो पार्टीमा स्वागत


काठमाडौं — प्रतिनिधिसभामा नेकपा एमालेको थप एक सिट बढेको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनमा रौटहट–२ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका सांसद किरण कुमार शाह नेकपा एमालेमा प्रवेश गरेसँगै प्रतिनिधिसभामा एमालेको संख्या ७९ पुगेको छ ।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा खादा र टीका लगाएर एमालेमा प्रवेश गराएका हुन् ।

स्वतन्त्र उम्मेदवारी दिएर चुनाव लडेका शाहले कांग्रेस नेता अफताब आलमका छोरा मो. फिरदोस आलमलाई पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित भएका थिए । शाहले ३२ हजार ८४२ मत पाएका भने आलमले २८ हजार २४८ मत पाएका थिए ।

प्रतिक्रिया