प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशमाथि अन्याय गरे : मुख्यमन्त्री भट्ट


धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमाथि अन्याय गरेको गुनासो गरेका छन् । नेकपा प्रचण्ड–नेपाल समूहले धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम प्रदेशमाथि संघीय सरकारले ठूलो अन्याय भएको आरोप लगाएका हुन् ।

‘यहाँबाट नयाँ मान्छेहरू त्यहाँ गएर ठूला–ठूला कुरा गरिरहेका छन्। केही दिन अगाडि यसै ठाउँबाट प्रधानमन्त्री ओलीले सुदूरपश्चिमलाई न्याय गरेको बताउनुभयो। पश्चिम सेती, लोकमार्गलगायत बनाउने कुरा गर्नुभयो। तर यसभन्दा पहिले के गर्नुभयो उहाँले ? यो न्याय होइन अन्याय हो, सुदूरपश्चिममका जनतालाई फुटाउने खेल हो।’ मुख्यमन्त्री भट्टले भने ।

प्रधानमन्त्री ओलीको कदम असंवैधानिक रहेकोले सुदूरपश्चिमवासीले सशक्त रुपमा प्रतिरोध गर्नुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया