नेकपामा ओली कुपुत्रको रूपमा जन्मे, कहिल्यै सुध्रिँदैनन् : माधव नेपाल


काठमाडाैं – नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको पतनको बाटो निश्चित भइसकेको बताएका छन्। सुदूरपश्चिम प्रदेश कमिटीद्वारा धनगढीमा आयोजित बृहत विरोधसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

‘केपी ओलीको पतन निश्चित भएको छ। ओलीका फुर्ती हावामा उठिसकेको छ’ उनले भने, ‘निर्वाचन आयोगको पत्रपछि ओलीको म्यादी प्रहरी जस्ता केन्द्रीय सदस्यहरूको ‘हिस्स बुढी खिस्स दाँत’ जस्तै भइसक्यो।’

नेता नेपालले ओलीका म्यादी केन्द्रीय सदस्यको बिजोक भएको बताए। ओलीको पछि लागेकाहरूले गल्ती सच्चिएर फर्कन आग्रह गरे। उनले ओलीसँग सती जानुभन्दा मूलधारमा फर्कन आग्रह गरेका छन्। 

‘समस्या कुर्सी र पदको हानथाप भएको होइन। ओलीको पद खोस्न पनि होइन। ओलीले पार्टी चलाउन सकेनन्। त्यसैले हामीले विधि र पद्धतिमा पार्टी चलाउनुपर्छ भनेर जोड दिएका हौँ’ उनले भने, ‘केपी ओली पार्टीमा कुपुत्रको रुपमा जन्मे, कहिल्यै सुध्रिँदैनन्। 

प्रतिक्रिया