

पछिल्लाे २४ घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु, १०९ संक्रमित थपिए

काठमाडाैं – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
पछिल्लो २४ घण्टामा देशभर १०९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म कोरोना संक्रमतिको कुला संख्या दुई लाख ७० हजार ८५४ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरबाट ३५० जना कोरोनामुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या दुई लाख ६६ हजार ४८ पुगेको छ ।
हाल देशभर दुई हजार ७७९ जना आइसोलेसनमा तथा १०९ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।

