

नेपाल टी २० लिगः आजको पहिलो खेलमा काठमाडौंद्वारा जनकपुर पराजित

काठमाडौं – नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा काठमाडौँ नाइट्सले जनकपुर रोयल्सलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौँले जनकपुरमाथि ९० रनको फराकिलो जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौँले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको जनकपुर १९।१ ओभरमा सबै विकेट गुमाउँदै ९० रनमै समेटियो।
सुरुवाती ब्याटिङ गरेको काठमाडौँका लागि सुनम गौतमले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६२ रन बनाउँदा रायर बर्ल ६१ रनमा अविजित रहे। त्यस्तै एलेक्स ब्लेकले २० रन बनाउँदा अजमतुल्लाह ओमरजाइले १० रन बनाए।
बलिङतर्फ जनकपुरका जितेन्द्र मुखियाले सर्वाधिक ३ विकेट लिँदा शरफुद्दिन अस्रफ र ट्रेभोन ग्रिफ्फितले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको जनकपुरका शीर्षक्रमका ब्याट्सम्यानले रन बनाउन संघर्ष गरे। कप्तान तथा ओनर ट्रेभोग्रफ्लित र चाडविक वाल्टन डकआउट हुँदा ओपनर खड्ग बोहोरा १० रनमा पभेलियन फर्किए। त्यसपछि पनि मध्यक्रमका ब्याट्सम्यानले रन जोड्न संघर्ष गरे। शारफुद्धिन् असरफले सर्वाधिक ३७ रन बनाउँदै जनकपुरलाई सम्मानजन स्कोरतर्फ डोहोर्याउँदा सोमपाल कामीले २१ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
बलिङतर्फ काठमाडौँका अभिनास बोहोराले सर्वाधिक ४ विकेट लिँदा अजमतुल्लाह ओमरजाइले २ तथा कमलसिंह ऐरी, अनिल खरेल र बसीर हमिदले समान १ विकेट लिए।
जितसँगै ५ खेलबाट ६ अंक जोडेको काठमाडौँ नाइट्स अंकतालिकाको तेस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको लुम्बिनी अलस्टार्सको १० र दोस्रो स्थानमा रहेको जनकपुर रोयल्सको ८ अंक छ।

