

र्यालीसहित मनाइयो अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस (फोटो फिचर)

काठमाडौं – काठमाडौंमा आइतबार १०औँ अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइएको छ । वसन्तपुरबाट पर्यटन बोर्डसम्म र्याली निकालिएको छ ।
आईतबार अंग्रेजी नयाँ वर्षको दिनमा काठमाडौंसहित देशभरका विभिन्न स्थानमा राष्ट्रिय पहिचान झल्किने कार्यक्रमसहित राष्ट्रिय पोशाकहरु लगाएर १० औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको हो।
सो अवसरमा काठमाडौंका विभिन्न स्थानमा र्यालीसमेत गरिएको छ। उनीहरुले राष्ट्रिय पोशाक लोप हुने अवस्थामा पुगेको भन्दै त्यसको संरक्षण र संवर्द्धनका लागि दिवस मनाउनुपरेको बताए।
कार्यक्रममा राष्ट्रिय पोशाक संरक्षण अभियान नेपालका संयोजक राजनन्द माण्डव्यले १० वर्षदेखि राष्ट्रिय पोशाक दिवस र टोपी दिवस मनाउँदै आएको बताए। उनले विश्वमा रहेका नेपालीहरुलाई पनि स्मरणार्थ यो दिवस मनाउने गरिएको बताए।

