

बक्सिङ संघले ६ महिनाभित्रै चुनावी अधिवेशन गर्ने

काठमाडौं – नेपाल बक्सिङ संघले आगामी ६ महिनाभित्रै संघको अधिवेशन सम्पन्न गर्ने भएको छ। संघको शुक्रबारको बैठकले खेलकुद ऐन २०७७ को विधान बमोजिम अधिवेशन गर्ने निर्णय गरेको हो।
संघका अध्यक्ष राम अवालेको अध्यतामा बसेको बैठकले बक्सिङको दीगो विकासमा चाहिने सुझाव संकलन गरेको थियो। संघका पूर्वअध्यक्ष राजिव श्रेष्ठका अनुसार बक्सिङको विकासमा सबै जुट्नुपर्ने बताए।

