

चीनको विदेशमन्त्रीमा छिन काङ नियुक्त

काठमाडौं – चीनको विदेशमन्त्रीमा छिन काङ नियुक्त भएका छन्।
यसअघि छिन अमेरिकाका लागि चिनियाँ राजदूत थिए। यसअघि विदेशमन्त्री वाङ यी थिए।
उनलाई राष्ट्रपति सी चिनफिङले विदेशमन्त्रीमा नियुक्त गरे।
२०२१ जुलाईमा अमेरिकाका लागि उनी ११औं चिनियाँ राजदूतका रूपमा नियुक्त भएका थिए।

