

देशभर थप ४ जनामा कोरोना पुष्टी

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर चारजना कोभिड १९ संक्रमित थपिएका छन् ।
८८१ वटा नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो । आज दुईजना संक्रमणमूक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

