रूखबाट लडेर मृत्यु


स्याङ्जा – फेदीखोला गाउँपालिका-२ मा रूखबाट लडेर एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

आफ्नै घर नजिक सौरको रूखमा चढेर घाँस काट्ने क्रममा लडेर देवकुमारी थापा गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते ६९ वर्षीया थापाको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया