रविको बटमलाइनः उपप्रधानमन्त्रीसहित गृह वा भौतिक मन्त्रालय !


काठमाडौं — पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागीका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित गृह या भौतिक मन्त्रालय दिनुुपर्ने अडान राखेको छ ।

यसबाहेक थप श्रमसहित बाँकी दुई मन्त्रालय र उपसभामुखमा दाबी रहेको सो पार्टीका एक नेताले जानकारी दिए । ‘हामीले गृह मन्त्रालय भनेका छौँ, त्यो भएन भने भौतिक मन्त्रालयमा अडान रहने छ,’ उनले भने, ‘श्रम मन्त्रालय पनि हाम्रो रोजाइमा परेको छ ।’

उनका अनुसार उपसभामुखमा पनि रास्वपाको दाबी रहेको छ । सभामुख भने नेकपा एमालेले लिने भएको छ ।

 

प्रतिक्रिया