

नारायणकाजी बोकी फेरि बालुवाटार गए प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छलफलका लागि फेरि बालुवाटार पुगेका छन् ।
सत्तासमीकरणका लागि आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकबाट प्रधानमन्त्रीमा सहमति नजुटेपछि प्रचण्ड बाहिरिएका थिए।
खुमलटारमा छलफलपछि बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साथमा लिएर प्रचण्ड बालुवाटार मोडिएका हुन्। केहीबेर अघि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्डका कारण गठबन्धन तोडिएको उद्घोष गरेका थिए।
प्रधानमन्त्रीमा देउवा र प्रचण्डले अडान राखेपछि गठबन्धन बैठक निष्कर्षबिहीन पुगेको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाबी र्न आज ५ बजेसम्मको समय तोकेकी छन्। बहुमत पुर्याउने दलले आज ५ बजेभित्र दाबी पेस गर्नुपर्नेछ।
तर समयसीमा घर्कदै जाँदा सत्ता बाँडफाडको टुंगो लागेको छैन । कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवैमा दाबी गर्दै आएको छ।

