इपिसेन्टर बालकोटः रवि लामिछाने पनि पुगे बालकोट !


काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालकोटमा पुगेका छन् ।

सत्ता गठबन्धनमा सरकार गठन गर्न सहमति नबनेपछि उनीहरू एमाले अध्यक्ष ओलीसँग वार्ताका लागि बालकोट पुगेका हुन् ।

यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि ओलीसँग छलफल गरेका छन् ।

उता बालुवाटारबाट बालकोट जाने भनेर हिँडेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल बालकोट नगई खुमलटार गएका छन् ।

प्रतिक्रिया