उपत्यकाभरि हुस्सु, त्रिभुवन विमानस्थलमा उडान प्रभावित


काठमाडौं – काठमाडौँ उपत्यकामा आज (बिहीबार) बिहानैदेखि हुस्सु/कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् ।

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए । ‘खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ’, उनले भने ।

मौसममा सुधार आएपछि नियमितरुपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले बताए ।

प्रतिक्रिया