प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलको सर्वदलीय बैठक बस्दै, वैठक लगत्तै सपथ सुरु


काठमाडौं – प्रतिनिधिसभा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठक बोलाइएको छ ।

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउनुअघि ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशमशेर राणाले सर्वदलीय बैठक बोलाएका हुन् ।

आज दिउँसो १ बजेदेखि संसद भवनमा प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथग्रहण गराइँदैछ । त्यसअघि १२ बजे बैठक सञ्चालनसम्बन्धी छलफल गर्न सर्वदलीय बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका एक(एक जना र स्वतन्त्रबाट निर्वाचित सांसदलाई बोलाइएको छ । बैठकमा संसद सञ्चालनलगायतका विषयमा छलफल हुनेछ ।

संसदमा प्रतिनिधित्व गर्ने सबै १२ दलका एक–एकजना र ५ स्वतन्त्र सांसद बैठकमा सहभागी हुने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया