

कांग्रेस संसदीय दल नेतामा देउवा निर्वाचित

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
भर्खरै सम्पन्न मतगणनामा सभापति देउवाले प्रतिस्पर्धी उम्मेदवार गगनकुमार थापालाई पराजित गर्दै संसदीय दल नेतामा निर्वाचित भएको जनाइएको छ ।
देउवा महामन्त्री थापालाई ३९ मतान्तरले पराजित गर्दै दलको नेतामा निर्वाचित भएका हुन् । देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका नेता वीरबहादुर बलायरले जानकारी दिए ।
नतिजाको औपचारिक घोषणा हुन भने बाँकी छ ।

