
सप्तरीमा टिपरको ठक्करले बालिकाको मृत्यु : अवस्था तनावग्रस्त, प्रहरीद्वारा हवाइ फायर
सप्तरी – रूपनी गाउँपालिका राजविराज सडक खण्डको विधुत प्राधिकरण कार्यालयनजिक टिफरले ठक्कर दिँदा एक बालिकाको घटनास्थलमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा रूपनी गाउँपालिका-१ का शिवशंकर यादवकी छोरी रीता यादव रहेकी छिन् । उनी साइकलमा विद्यालय जाने क्रममा टिफरले ठक्कर दिएको स्थानीयको भनाइ रहेको छ ।
बालिकाको मृत्यु भएपछि विद्यालयका विद्यार्थी आन्दोलित छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ । राजमार्ग अवरुद्ध भएपछि अवस्था तनावग्रस्त रहेको र आन्दोलन जारी रहेको स्थानीयको भनाइ रहेको छ ।



कागजपत्र |
