एमालेले बोलायो नवनिर्वाचित सांसदहरुको भेला


काठमाडौं– नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधि तथा प्रदेश सभा सांसदहरुको भेला बोलाएको छ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार मंगलबार प्रज्ञा भवन कमालादीमा भेला बोलाइएको हो।

उनका अनुसार प्रतिनिधि र प्रदेश सभामा एमालेका सांसदहरुले निभाउनु पर्ने भूमिकाका विषयमा भेलामा छलफल हुनेछ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शिर्ष नेताहरुले भेलालाई सम्बोधन गर्ने तय भएको छ। एमालेले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिक ३४ गरी ७८ सिट जितेको छ। प्रदेश सभामा प्रत्यक्ष ९१ र समानुपातिकमा ७० सिट हासिल गरेको छ।

प्रतिक्रिया