जनमत पार्टीको संसदीय दल नेतामा सिके राउत सर्वसम्मत


काठमाडौं– डा सिके राउत जनमत पार्टीको संसदीय दलको नेता चयन भएका छन्। आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्बसम्मतरुपमा दलको नेतामा राउतलाई चयन गरेको हो।

यस्तै दलको उपनेता र प्रमुख सचेतक चयन गर्नका लागि आज १० बजे पुनः बैठक बस्ने जनमत पार्टीका नेता बीपी साहले जानकारी दिए।

पहिलोपटक संसदीय राजनीतिमा होमिएका डा राउतले सप्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतान्तरले पराजित गरेका थिए।

प्रतिनिधि सभामा जनमत पार्टीले एक प्रत्यक्ष र पाँच जना समानुपातिक गरी ६ जना सांसद जितेको छ।

प्रतिक्रिया