आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु


फिदिम – घरमा आगलागी हुँदा पाँचथरको फिदिम नगरपालिका-१३ लुङरुपाका एक वृद्धाको ज्यान गएको छ ।

९१ वर्षीया सुखरानी नेम्वाङको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगो तापिरहेको बेला शरीरमा आगो सल्केर नेम्वाङको बुधबार बिहान ८ बजेतिर निधन भएको हो । वृद्धा घरमा एक्लै बस्दै आएकी थिइन् ।

प्रतिक्रिया