बाख्रा फर्ममा आगलागी हुँदा ८० लाखको क्षति


ओखलढुङ्गा – मोलुङ गाउँपालिका-१ कुन्तादेवीमा रहेको बाख्रा फर्ममा आगलागी हुँदा १२५ खसी बाख्रा जलेर मरेका छन् ।

सञ्जय खित्रिले सञ्चालन गरेको फर्ममा आगलागी हुँदा करिब ८० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक शुकदेव खनालले आगलागीमा परी १२५ खसी बाख्रा मरेको र करिब ८० लाख बराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको जानकारी दिए ।

विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने अनुसन्धानबाट खुलेको प्रमुख प्रहरी नायब उपरीक्षक खनालको भनाइ छ । यद्यपि, आगलागीबाट फार्म पूर्णरुपमा जलेर नष्ट भएको छ ।

प्रतिक्रिया